३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

१६ असार, काठमाडौँ । प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ मनाइने भएको छ । नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त घोषणा गर्नुभयो ।

असार १३ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार यस्ताृ घोषणा गरिएको उहाँले जानकारी दिनुभयो । “६० वर्षको गौरवमय इतिहास बोकेको अवसरमा हामीले चलचित्र आमाको प्रदर्शनको मितिलाई ध्यानमा राख्दै असोज १५ लाई राष्ट्रिय चलचित्र दिवसको घोषणा गरेका छौँ । यसले नेपाली चलचित्रको इतिहासलाई उत्सवको रूपमा मनाउने क्रमलाई निरन्तरता दिनेछ ।”

त्यस अवसरमा बोर्ड स्थापना भएको वर्ष विसं २०५७ सालदेखि हालसम्म प्रदर्शन भएका सर्वाधिक कमाइ गर्ने २५ चलचित्रलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : June 30, 2025 at 6:05 pm