फर्निचर उद्योगमा आगलागी, १२ लाख बराबरको क्षति
१६ असार, बनियानी । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । यहाँस्थित मोतीबहादुर खड्काको एक तले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भई आगलागी हुँदा करिब रू १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
आगो बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सक्रियतामा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : June 30, 2025 at 11:51 am









