नुवाकोटका सम्पूर्ण मनमैजुको होटलमा मृत फेला
१५ असार, काठमाडौं । तारकेश्वर नगरपालिका–११ मनमैजुको एक होटलमा पुरुषको शव भेटिएको छ । मनमैजुस्थित आनन्द टोलमा रहेको राप्ती फेन्सी होटलमा एक पुरुषको शव भेटिएको हो ।
होटलको २०२ नम्बर कोठामा नुवाकोटको लिखु गाउँपालिका–५ घर भएका ३५ वर्षीय सम्पूर्ण गौतम को शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रकाशित मिति : १५ असार २०८२, आईतवार १३:५८









