फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै
१५ असार, काठमाडाैं । जिल्ला सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका छन् । सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलका अनुसार फुङलिङहेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा तीव्र गतिमा कालोपत्र भइरहेको छ ।
दुई करोड ५५ लाखको लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेकोजानकारी उहाँले दिनुभयो ।
प्रकाशित मिति : १५ असार २०८२, आईतवार ११:३२









