२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

भिजिट नेपाल २०२० सफल पार्ने संकल्पसहित नाट्टाको ५२औँ साधारणसभा सम्पन्न


१ माघ, काठमाडौँ । भिजिट नेपाल २०२० सफल पार्ने संकल्पसहित नाट्टाको ५२औँ साधारणसभा सम्पन्न भएको छ । मंगलबार काठमाडौँको होटल याक एण्ड यतिमा सम्पन्न साधारणसभाले  भिजिट नेपाल २०२० सफल पार्न निजी क्षेत्रको तर्फबाट नाट्टाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने भएको छ । अध्यक्षको अवधारण, महासचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको महासचिव रमेश थापाले जानकारी दिए ।

साधरणसभामाले नेपालको पर्यटन प्रर्वर्द्धनमा प्रभावकारी भूमिका खेल्न एयर कनेक्टीभिटी महत्वपूर्ण रहेको भन्दै नेपाल वायुसेवा निमगले ४ वटा न्यारोबडी, थप २ वटा वाइडबडी र आन्तरिक उडानका लागि अन्य ८ वटा विमान थप्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय ध्वजाबाहकको सशक्तिकरणबिना एयर कनेक्टिभिटी मजबुत नहुने भन्दै नाट्टाले सरकारको ध्यानाकर्षण गराएको महासचिव थापाले बताए ।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले विशाल जनसङ्ख्या भएका भारत र चीनको पर्यटक ल्याउन सकेमात्र पनि पर्यटन क्षेत्रले मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सन् २०१८ मा झण्डै १२ लाख पर्यटक नेपाल आएकाले नेपालमा पर्यटन क्षेत्रमा थप उत्साह जागेको बताए । अध्यक्ष पाण्डेले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि सरकारले पूर्वाधार क्षेत्रमा लगानी गर्नु जरुरी रहेको बताए ।

हवाई र विमानस्थलको विकास भएमात्र पर्यटन क्षेत्रको विकास हुने भन्दै उनले नेपाल वायुसेवा निगमलाइ ध्वस्त पार्न सक्रिय गिरोहको चलखेल अन्त्य गर्नुपर्ने बताए । कुनै पनि विमान खरिदमा दोषी देखिए कानुन अनुसार कारबाही गर्नुपर्ने भन्दै पर्यटन क्षेत्रसँग सम्बन्धित विषयमा अनावश्यक हल्ला नचलाइदिन सञ्चार माध्यमलाइ पनि अनुरोध गरे । अध्यक्ष पाण्डेले मुलुकको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । “विश्वभरका पर्यटकलाई नेपालका बारेमा प्रचारप्रसार गरी नेपाल आउन अभिप्रेरित गर्ने कार्यमा नाट्टा अझै सक्रिय रहने बताए ।

साधारणसभाको सभामुख कृष्णबहादुर महराले उद्घटान गर्दै पर्यटन क्षेत्रमा नाट्टाले गरेको योगदानको प्रशंशा गरेका थिए । त्यस्तै पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्रालयका सचिव कृष्ण देवकोटा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायतले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्द पर्यटनबाटै आर्थिक समृद्धि हाँसिल हुने बताए ।

साधारणसभाका केही तस्बीरहरू

प्रकाशित मिति : १ माघ २०७५, मंगलवार २२:५९