माधव नेपाल विशेष अदालत जाँदै
११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित हुँदै हुनुहुन्छ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका क्रममा उहाँ अदालतमा आफैँ उपस्थित लाग्नुभएको हो ।
गत जेठ २२ गते पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।
प्रकाशित मिति : ११ असार २०८२, बुधबार १०:५६









