दृष्टिका प्रकाशकसहित तीन जनालाई तीन दिनभित्र उपस्थित हुन विशेषको आदेश
१० असार, काठमाडौं । अदालतको अवहेलना मुद्दामा विशेष अदालतले दृष्टि मिडियाका प्रकाशक, सम्पादक र संवाददातालाई बयानका लागि उपस्थित हुन आदेश दिएको छ। मंगलबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले दृष्टिका अध्यक्ष शम्भुलाल श्रेष्ठ, कार्यकारी सम्पादक एमपी सुब्बा र सम्बन्धित संवाददातालाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हाे ।
गत असार ८ गते दृष्टि साप्ताहिकले ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकासित गरेको थियो। उक्त समाचारविरूद्ध नवराज सापकोटासहितले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। विशेष अदालतले अवहेलना आकर्षित हुने गरी प्रकाशित भएको भनिएको समाचारमा कुनै परिमार्जन नगरी यथास्थितिमा राख्न पनि आदेश दिएको छ ।
प्रकाशित मिति : June 24, 2025 at 5:25 pm









