३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले पाए सफाइ

९ असार, काठमाडौं । सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सफाइ दिएको छ । विशेष अदालतको फैसला उल्ट्याउदै सर्वोच्च अदालतले कांग्रेस नेता लामालाई आरोपबाट सफाइ दिएको हो ।

२०७५ साउन २४ गते लामा विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका थिए। उनलाई त्यतिबेला एक करोड ४० लाख विगो र एक वर्ष कैद सजाय तोकेको थियो । सर्वोच्च अदालतले दावी नपुग्ने भन्दै सफाइ दिएको हो ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार १८:०२