६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

साफ यू-२० महिला च्याम्पियनसिप टोलीको घोषणा

९ असार, काठमाडौं । बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षकको रूपमा यमप्रसाद गुरुङ रहनेछन् । प्रतियोगिता बंगलादेशमा आगामी जुलाई ११ देखि २२ तारिकसम्म हुनेछ।

नेपाली टोली

लिला जोशी, सुशीला केसी, करुणा बुढाथोकी, अस्मिता गुरुङ, बर्षा ओली, गंगा रोकाया, पूर्णिमा राई, अनिशा राई, मीना देउवा, सीता रोकाया, समिक्षा मगर, कविता गुरुङ, सुजाता तामाङबिर्सना चौधरी, सरिता कुमारी नाथ, सेनु परियार, माया मास्के, कुसुम खतिवडा, सेमिहाङ्मा लिम्बु, सुक्रिया मिया, सिमरन राई, मनिषा सेन, झुमा विश्वकर्मा ।

प्रकाशित मिति : June 23, 2025 at 4:08 pm