नेपालका नेताले होली वाइनको स्वाद नबिर्सदै अमेरिकी सांसदले वेद छोएर सपथ लिए
१ माघ, काठमाडाैँ । नेपालका कम्युनिष्ट नेताहरूले क्रिष्चियन धर्म प्रचार हुने गरी होली वाइन खाएर पास्टरसँग रमाएको चर्चा सेलाउन नपाउँदै अमेरिकामा भने एक जना सांसदले वेद छोएर सपथ लिएका छन । अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठबाट निर्वाचित नेपाली मुलका अमेरिकी सांसद ह्यारी भण्डारीले विश्वकै ग्रन्थ बेद छोएर सपथग्रहण गरेका हुन ।
भण्डारीले यही जनवरी ९ तारिखमा मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा शपथ लिएका हुन । नेपाली नेताहरूले होली वाइनको स्वाद समेत बिर्सन नपाउँदै अमेरिकी सांसदले वेद छोएर सपथ लिएपछि धेरै मानिसले तुलना गर्दै नेपाली नेतालाइ गाली गरिरहेका छन । पैसाका निम्ति जे पनि गर्न तयार हुने हाम्रो नेताहरूले ह्यारी जस्ता व्यक्तिबाट इमान्दारिता सिक्लान त भन्ने प्रश्न गर्नेहरू पनि छन ।

पूर्विय दर्शनको सभ्यता सिकाउने बेद छोएर सपथ खाएका सासंद भण्डारीले पश्चिमा सभ्यतामा पूर्विय दर्शनको मिक्स गर्न र आफ्नो वास्तविक परिचय दिनका लागि वेद छोएर सपथ गरेको बताएका छन । अमेरिकीमा निर्वाचित हरेक तहको संसददेखि राष्ट्रपतिसम्म सबैले बाइबल छोएर सपथ खान्छन, तपाईले बेद छोएर सपथ गर्दा तपाईलाई जिताउने जनताले के भन्लान भन्ने प्रश्नमा भण्डारीले भने, ‘मैले यहाँको जनताको मन जितेकोले आगामी दिनमा काम गरेर देखाउने चुनौति छ तर मेरो व्यक्तिगत स्वतन्त्रतालाई सबैले सम्मान गर्दछन।’ ह्यारीले दैनिकीसँग भनेका छन ।
प्रकाशित मिति : January 15, 2019 at 8:58 am









