२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

हट्यो काठमाडौंमा लगाइएको निषेधाज्ञा

६ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानहरूमा जारी गरेको निषेधाज्ञा हटाएको छ । प्रशासनले बिहीबार सूचना जारी गर्दै काठमाडौंको चक्रपथ भित्र लगाइएका निषेधाज्ञालाई हटाएको हाे ।

राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते आदेश जारी गर्दै प्रशासनले चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा–जुलुस गर्न निषेध गरेको थियो । अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने प्रशासनले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १२:५५