प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा अवरोध नगर्न रास्वपालाई सभामुखले गरे आग्रह
६ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गर्नुभएको छ । रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गर्नुभएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरूप बदल्न आग्रह गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो । सभामुखको आग्रहलाई रास्वपाले अस्वीकार गर्दै आफ्नो विरोध जारी रहने जवाफ दिएको अधिकारीले बताउनुभयो ।
प्रकाशित मिति : June 20, 2025 at 12:08 pm









