३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

आलमलाई सफाइ दिएका दुई न्यायाधीश न्याय परिषद् तानिए

५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीश छानबिमा तानिएका छन् । बिहीबार बसेको न्यायपरिषद् बैठकले न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनलाई न्याय परिषदमा तानेको हो।

दुबै जनालाई सर्वोच्चमा काजमा राखिएको स्रोतले बतायो। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गत १४ जेठमा बम विस्फोट र ज्यान मुद्दाको आरोपबाट आलम लगायतलाई सफाइ दिएको थियो । बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंह राजपूतले आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्न मागसहित न्यायपरिषद्मा उजुरी दिएका थिए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १७:४२