१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

खल्ती र आइएमई डिजिटललाई मर्जरका लागि राष्ट्र बैंकको स्वीकृति, साउनदेखि एकिकृत कारोबार

५ असार, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालिबीचको मर्जर प्रक्रियालाई स्वीकृत दिएको छ। केन्द्रीय बैंकले दुवै कम्पनीका सम्पत्ति तथा दायित्वहरू एकीकृत गरी मर्जरपछि गठन हुने संस्थामा स्थानान्तरण हुने व्यवस्था सहित अन्तिम स्वीकृति दिएको हो।

अब यी दुई भुक्तानी सेवा प्रदायक कम्पनीको कारोबार आगामी साउन १ गतेदेखि‘आईएमई खल्ती लिमिटेड’ काे नामबाट सञ्चालन हुनेछ ।

प्रकाशित मिति : June 19, 2025 at 5:26 pm