२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

डिम्याट खाता नवीकरण गर्न एनएमबि क्यापिटलको आग्रह

५ असार, काठमाडौं । सेवाग्राहीलाई डिम्याट खाताको नवीकरण शुल्क बुझाउन एनएमबि क्यापिटल लिमिटेडले आग्रह गरेको छ। कम्पनीले एनएमबि क्यापिटल, एनएमबि बैंक र एनएमबि सेक्युरिटिजमा हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो।

कम्पनीले आगामी असार ३२ गतेभित्र नवीकरण शुल्क बुझाउन सेवाग्राहीलाई अनुरोध गरेको छ । साथै, समयमा सञ्चालन शुल्क नबुझाएमा डिम्याट खाता स्वतःरोक्का हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १२:१२