युके पठाइदिन्छु भनि रकम ठगी गर्ने धादिङकी रमिला पक्राउ
५ असार, काठमाडौं । वैदेशिक रोजगारको लागि युके पठाइदिन्छु भनि रकम ठगी गर्ने एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउपालिका वडा नं. २ घर भइ हाल काठमाडौं महानगरपालिका ४ चण्डोल बस्ने ३१ वर्षकी रमिला अधिकारी रहेकी छिन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाई असार ३ गते काठमाडौं महानगरपालिका ४ चण्डोलबाट पक्राउ गरेको हो । थप अनुसन्धान तथा आवश्यक कारवाहीको
लागि अधिकारीलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्य बताउनुभयो ।
प्रकाशित मिति : ५ असार २०८२, बिहीबार ११:५१