२ करोड कित्ता आईपीओ निष्काशन गर्दै शुभश्री अग्नि सिमेन्ट
४ असार, काठमाडौं। शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १०० अंकित दरका २ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड २ लाख १० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : ४ असार २०८२, बुधबार १८:०६