प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ देखि ६ दिने स्पेन भ्रमणमा जाने हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ ।
साथै, बैठकले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैँकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरूः
प्रकाशित मिति : ४ असार २०८२, बुधबार १४:२५