इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
४ असार, काठमाडौं । इसराइलस्थित नेपाली दूतावासले इसराइलबाट स्वदेश फर्कन इच्छुक नेपालीहरूको नामावली संकलन सुरू गरेको छ। दूतावासले नेपालीहरूलाई उद्धार गर्ने प्रयोजनका लागि गुगल विवरण फारम उपलब्ध गराउँदै स्वदेश फर्कन चाहनेहरूको नामावली संकलन थालेको हो। स्वदेश फर्कन चाहनेहरूले त्यसमा आफ्ना विवरण भर्न भनेको छ ।
इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली रहेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । हालसम्म सबै नेपालीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : June 18, 2025 at 1:02 pm









