३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै, यी विषयमा छलफल हुने

४ असार, काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुने प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा उहाँहरूबीच छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : June 18, 2025 at 12:04 pm