२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

बैंकिङ कसुर मुद्दामा नुवाकोटकी अस्मिता तामाङ पक्राउ

३ असार, काठमाडौं । बैंकिङ कसुर मुद्दामा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका १६ बस्ने ३४ बर्षकी अस्मिता तामाङ रहेकी छिन् । काठमाडौँ जिल्ला अदालतबाट तामाङविरुद्ध २०८२ वैशाख ३१ गते पक्राउ अनुमति लिई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई असार २ गते काठमाडौं  महानगरपालिका १६ बाट पक्राउ गरिएको हो ।

तामाङलाई १ लाख ५ हजार रुपैयाँ बिगो कायम गरिएको छ। आवश्यक कारबाहीको लागि तामाङलाई प्रहरी बृत्त महाराजगञ्ज पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले बताउनुभयो । साथै, सोही  मुद्दामा श्याम कुमार कार्की पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार १८:०६