नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
३ असार, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से ३.९० अंकले घटेर २६५४.७५ को विन्दुमा बन्द भएको हो । यस दिन ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार कारोबार रकममा समेत गिरावट आएको छ । यस दिन ७ अर्ब ६५ करोडको कारोबार भएको हो ।
यस दिन पनि पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले यस दिन सर्वाधिक गुमाएका छन् । आज सानिमा माई हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७४ करोड ९६ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : 15:21









