३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

अमान्य हुने पोशाक लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न कांग्रेसको माग

३ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले रास्वपाका सांसदहरूले सदनमा अभद्र व्यवहार देखाएको भन्दै निष्कासनसम्मको माग गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक श्याम घिमिरेले यस्तो माग गर्नुभएको हो ।

उहाँले सदनमा मर्यादित पोशाकमा सांसद आउनुपर्ने नियमावलीमा लेखिएको भए पनि केही सांसदले लगाएको ‘स्काफ’प्रति आपत्ति जनाउनुभयो । “सदनमा अमान्य हुने पोशाक लगाएर पनि आउन थालियो भने त्यसले संसद्को मर्यादा र गरिमा जोगाउँदैन, यस्तो व्यवहार गर्ने सांसदलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्कासन गर्नेसम्मको कारबाही गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार १४:५७