रास्वपाले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित
३ असार, काठमाडौं ।प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा सांसदहरूले नाराबाजी गरेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले आजै आधा घण्टा पछि बस्नेगरी बैठक स्थगित गर्नुभएको हो ।
प्रकाशित मिति : ३ असार २०८२, मंगलवार १४:३८









