२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच भेटवार्ता

३ असार, काठमाडौं । सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा माओवादीसँग भएको २ बुँदे सहमति कार्यान्वयन, रास्वपाको माग लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

१ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै रास्वपाले संसदमा नाराबाजीसहित प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति : 13:51