३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टरलाई गृहमन्त्रीले भेटे

३ असार, काठमाडौं । सामाजिक सञ्जाल  फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन  हुनुभएको डाक्टर केशव श्रेष्ठलाई गृहमन्त्री रमेश लेखकले भेट्नुभएको छ । मंगलबार बिहान भैँसेपाटीस्थित मन्त्री क्वार्टरमा बोलाएर मन्त्री लेखकले डाक्टर श्रेष्ठलाई भेट्नुभएकाे हाे  ।

श्रेष्ठ सोमबार फेसबुकमा ‘अलबिदा’ भन्दै लामो सन्देश लेखेर सम्पर्कविहीन हुनुभएको थियो । तर प्रहरीले उहाँलाई तार्केश्वर नगरपालिका -३ स्थित श्रीनाथ वुटिक रिसोर्टमा फेला पारेको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार १२:५५