दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
२ असार, काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गर्नुभएको हो ।
आफूलाई गैरकानूनी रुपमा जारी भएको पक्राउ पूर्जिविरुद्ध पाठक उच्च अदालत पाटन पुग्नुभएको थियो । यस्तै, दुबै पक्षलाई अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफलका लागि असार ५ गते बोलाएको छ।
प्रकाशित मिति : २ असार २०८२, सोमबार १७:५०









