२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेप्सेमा झिनो अंकको सुधार, १३ अर्ब १८ करोड बढीको कारोबार

२ असार, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन २.८० अंक बढेर २६५८.६६ विन्दुमा पुगेको छ।  यस दिन  १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आइतबार करिब साढे ११ अर्बको शेयर खरिदबिक्री भएको थियो ।

यस दिन दुई कम्पनीको सेयमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन पियोर इनर्जी र पिपुल्स पावरको सेयरमा सकारात्मक सर्किट लागेको हो।  अप्पर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक घटेको छ। यस दिन सानिमा माइ हाइड्रोपावरको सर्वाधिक काारेबार भएको छ ।

प्रकाशित मिति : 15:30