३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर मुद्दाका ३ फरार प्रतिवादी पक्राउ
१ असार, काठमाडौं । ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका बैंकिङ कसुरका तीन प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ४५ वर्षीया मुना खातुन श्रेष्ठ, भारत घर भइ कपन बस्ने ३८ वर्षीय मोहमद अली र सर्लाही घर भइ बत्तीसपुतली बस्ने ६५ वर्षीय अर्जुन थापा छन् ।
मुनाविरुद्ध १६ लाख, अलीविरुद्ध ११ लाख र अर्जुनविरुद्ध १२ लाख ५० हजार बिगो बराबरको उजुरी परेको थियो । उनीहरूमाथि बैंकिङ कसुरको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताउनुभयाे ।
प्रकाशित मिति : १ असार २०८२, आईतवार १६:३९