कांग्रेसको प्रश्नः संसद् सदस्य पदबाट निलम्बित रवि कसरी संसदीय दलको नेता हुन सक्नुहुन्छ ?
१ असार, काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एक जना सहसचिवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले सोही विषयलाई आधार बनाएर गृहमन्त्रीको राजीनामा माग गर्नु सान्दर्भिक नहुने धारणा राख्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा अहिले पनि निर्वाचन आयोगको अभिलेखमा रवि लामिछाने हुनुभएको उल्लेख गर्दै पाँचपाँच वटा मुद्दा अदालतमा चलिरहेका व्यक्ति सभापति हुन नमिल्ने बताउनुभयो ।
“रास्वपाको संसदीय दलको नेता परिवर्तन गर्नेसम्बन्धी कुनै खबर पनि नआएकाले संसद् सदस्य पदबाट निलम्बित हुनुभएका लामिछाने कसरी संसदीय दलको नेता हुन सक्नुहुन्छ?”, उहाँले प्रश्न गर्नुभयो ।
प्रकाशित मिति : June 15, 2025 at 1:52 pm









