२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

राप्रपा र रास्वपाको विरोधलाई बेवास्ता गर्दै प्रतिनिधिसभाको बैठक जारी

१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको कारवाही अघि बढेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका रास्वपा र राप्रपा बैठकमा विरोध जारी राखेका छन् ।

सभामुख देवराज घिमिरेले उनीहरुको नाराबाजीका बीच संसद बैठक संचालन गर्नुभएको छ । दुई दलको अवरोधबीच सभामुख घिमिरेले नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई बोल्न समय दिनुभएको छ ।  घिमिरेले बोल्न थालेपछि रास्वपाले वेल घेराउ गरेका छन्।

प्रकाशित मिति : 13:18