२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

छुट्ला है ! एक कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

१ असार, काठमाडौं । पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार २ गते बुक क्लोज गर्दैछ। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा  आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ः०।५ अनुपातमा प्रति सेयर रू। १०० दरका ३१ लाख ६३ हजार कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार ०९:५९