३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

तीर्थयात्री चढेको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

१ असार, काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा तीर्थयात्री चढेको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको बताइएको छ।

मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित भइसकेका छन् । केदारनाथ मन्दिर दर्शन पछि गौरीकुण्डतर्फ जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको भारतीय मिडियाहरुले जनाएका छन् । दुर्घटना भएको हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार ०९:४८