२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

अनेरास्ववियुमा महाधिवेशनबाटै जिम्मेवारीसहित निर्वाचित हुनुपर्ने सचिवलाई केन्द्रीय कमिटीबाट जिम्मेवारी

३१ जेठ, काठमाडौँ । सत्तरुढ दल नेकपा (एमाले)को विद्यार्थी संगठनको २४ औँ महाधिवेशन शनिबार बिहान सम्पन्न भयो । महाधिवेशनबाट डा. सुजन कडरियाको नेतृत्वमा १५१ सदस्यीय नयाँ कमिटी निर्वाचित भएको छ ।

२४ औं महाधिवेशन पछिको कहिलो केन्द्रीय कमिटीको बैठक जनसंगठन समन्वय समयन्त्रका प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यमा आज एमाले मुख्यालय च्यासलमा बसेको छ ।

अनेरास्ववियुका महासचिव दिपक धामीका अनुसार “नयाँ कार्ययोजनाको साथ अघि बढ्ने, अखिल एपको निर्माण गरेर जेन जी पुस्तालाई अखिलमा समेट्न प्रयत्न गर्ने , महाधिवेशनमा बराबर मत ल्याएकाहरुलाई मनोनीत गर्ने, ३२ वर्ष उमेर कटेका प्रदेश एवम् जिल्लाका नेतृत्वहरु एक महिना भित्र हस्तान्तरण गर्ने, सदस्यता बितरणलाई अनलाइन र भौतिक दुबै तर्फबाट गर्ने, अखिल एपको निर्माण गर्ने, सचिवालय बैठक आगामी असार (१३–१५)मा गर्ने, स्ववियु काउन्सिलको भेला गर्ने र संगठनको बैकं खाता नामसारी गर्ने आदि निर्णय गरेको छ ।

साथै बैठकले महाधिवेशन सफल पार्न सहयोग गर्नेहुने पार्टिको निर्वाचन आयोग, सचिवालय र प्राविधिक टिमलाई धन्यवाद दिएको छ । साथै अधिवेशन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नेहरु, त्रिवि, नेपाल प्रहरी र महाधिवेशनको समाचार निरन्तर प्रकाशन प्रशारण गरेर सहयोग गर्नुहुने सञ्चार माध्यमहरुलाई समेत धन्यवाद दिएको छ ।

बैठकले महाधिवेशनमै जिम्मेवारीसहित निर्वाचित हुनुपर्ने सचिवहलाई पनि जिम्मेवारी दिएको छ । सचिवहरुको कार्यविभाजनमा आर्थिक सचिवमा आकाश घर्ती, संगठन सचिवमा गोपाल नेपाल, प्रचार सचिवमा  बाबू पठान र बिदेश सचिवमा रचना सापकोटा रहनुभएको छ ।

आर्थिक सचिवले नै कोषाध्यक्षको काम पनि गर्ने गरी एमाले जनसंगठन समन्वय निर्देशिका मार्फत जिम्मेवारी व्यवस्थापन गरेको छ । एमालेले अन्य जनसंगठनमा महाधिवेशनबाट जिम्मेवारीसहितको सचिवमा निर्वाचित गराउँदै आएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार २१:४७