सभामुखले गृहमन्त्री लेखकलाई बोल्न दिएपछि रास्वपा र राप्रपाले गरे बेल घेराउ
३० जेठ, काठमाडौं । सभामुखले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि रास्वपा र राप्रपाले बेल घेराउ गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र छानबिनको माग गर्दै उनीहरुले बेल घेराउ र नाराबाजी गरेका हुन् ।
शुक्रबार अपराह्न सुरू भएको बैठकमा रास्वपा र राप्रपाका सांसदहरूको विरोधका बीच प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे धारणा राख्नुभएको छ ।
प्रकाशित मिति : 17:44









