२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

राजा ल्याउने नाममा प्रहरीमाथि गाडी कुदाउने दुर्गा प्रसाई पूर्पक्षका लागि जेल चलान

२९ जेठ, काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजा ल्याउने नाममा प्रहरीमाथि गाडी कुदाउने दुर्गा प्रसाईसहित ७ जना पूर्पक्षका लागि जेल चलान भएका छन ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति विवादित मेडिकल व्यवसायी प्रसाईंसहित ७ जनालाई पूर्पक्षका लागि जेल जाने पठाउने आदेश गरेको हो ।

प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश दिएको र घटनामा सहभागी अन्य ३२ जनालाई भने धरौटीमा रिहा गर्ने आदेश भएको छ ।  ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार ००:५८