१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

मधेश प्रदेशका सांसद सरोजकुमार सिंह भ्रष्टाचार मुद्दामा पक्राउ

२९ जेठ, काठमाडौँ । मधेश प्रदेशका सांसद सरोजकुमार सिंह कुश्वाहा भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहलाई काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो । सांसद विकासको रकम स्थानीय उपभोक्ता समितिमार्फत कमिशन लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सांसद कुश्वाहालाई पक्राउ गरेको हो। उनले २०७६ सालदेखि २५ देखि ३० प्रतिशत रकम सिधै बैंक खातामा जम्मा गरेको खुलेको छ। महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सिंहमाथि योजना बिक्री गरेको आरोप छ।

अख्तियारका अनुसार उनले विभिन्न आयोजनामा आफूअनुकूल उपभोक्ता समिति गठन गरेर सांसद विकास कोषको रकम श्रीमती र स्वकीय सचिव विनोदकुमार कायस्थको खातामा राखेको पाइएको छ। अख्तियारको टोलीले गत जेठ १३ गते उनको घरमा छापा हानेर स्वकीय सचिव कायस्थलाई पक्राउ गर्नुका साथै सिंहको मोबाइल जफत गरेको थियो । पक्राउ परेका सिंहमाथि अख्तियारले थप अनुसन्धान गर्नेछ।

प्रकाशित मिति : June 12, 2025 at 8:47 pm