भारतको अहमदाबाद विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटना
२९ जेठ, काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो ।
लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको बताइएको छ । अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार १५:४५












