२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदान सुरू, अध्यक्षको प्रतिस्पर्धामा प्रकाश र सुजन

२८ जेठ, काटमाडौँ । नेकपा (एमाले)को जनवर्गीय संगठन (अनेरास्ववियु)को २४ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरू भएको छ । अध्यक्षका उम्मेदवारद्धय प्रकाश पाैडेल र सुजन कडरियाले विद्युतीय मतदान गरेर नेतृत्व चयनको प्रक्रिया थालिनी गरेका छन ।

१५१ पदका लागि अनेरास्ववियुमा ५ सय भन्दा बढी उम्मेदवार रहेका छन । महाधिवेशनमा दुई उपाध्यक्षका लागि नाै जनाले उम्मेदवारी दिएका छन । जसमा खुल्ला उपाध्यक्षमा भरत धामी, राजकुमार ढकाल, धमेन्द्र केसी, विकास श्रेष्ठ र रोहित बमको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा आरती भट्टराई, अञ्जना सिवाकोटी, सुजिता धिताल र भवानी बजगाईँको उम्मेदवारी दर्ता भएको छ ।

महसचिवको एक पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । जसमा आरके रोमस, दीपक धामी र सुनिल कँडेल रहेका छन । धामी अध्यक्षको दाबी छाडेर सुजनको प्यानलमा होमिएका हुन । यस्तै उपमहासचिवमा कमल जोशी, अमर शाही र प्रेमिका शाहीको उम्मेदवारी दर्ता भएको छ ।

सचिवमा रक्षा बम, मदन भण्डारी, राजेश ओली, मनोज राई, गोपाल नेपाल, धर्मराज तिमिल्सेना लगायत ४३ जनाको उम्मेदवारी परेको छ । ४३ जनाबाट ४ जनामात्र निर्वाचित हुनेछन । १५३५ प्रतिनिधि रहेको अनेरास्ववियुमा मतदान सकिने साँझसम्म लाग्ने जनाइएको छ ।

अधुरो प्यानल, ओली र विद्याको नाममा विभाजित

गत मंगलबार बन्दसत्र हलमा अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले सर्वसम्मत गरौं भन्दै अध्यक्षमा डा। सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकाटी, महासचिवमा दिपक धामीको नाम हलमा प्रस्तुत गर्नसाथ, हलले अस्विकार गर्दै निर्वाचनको माग गरेर नाराबाजी गरेपछि एमाले निर्वाचन गराउने अभियानमा जुटेको छ। यद्यपी मुख्य पदाधिकारीको नाम पढेको जस्तो गरेर एउटा गुटको ब्राण्डिङ गर्ने काम भने भयो ।

मंगलबार बेलुका ६ बजे पछि उम्मेदवारी दर्ता सुरु भएको थियो । निर्वाचन कार्यतालिका अनुसार बुधबार मध्यान पछि निर्वाचन हुने कार्यतालिका थियो । तर पार्टिको नेतृत्वले ४ पदाधिकारी सर्वसम्मत गराउने र सकेसम्म गलाउने नीति लिएको थियो । तर अध्यक्षका प्रत्यासी प्रकाश पौडेलले अडान नछोडेपछि आज मतदान जारी छ ।

मतदान स्थलबाट अनेरास्ववियुका एक जना नेताले भने, ‘अनेरास्ववियुको यो निर्वाचनमा बालुवाटारविरूद्ध भंगाल जस्तो देखिएको छ । अर्थात केपी ओलीबिरुद्ध विद्या भण्डारी जस्तो भएको छ ।’ उनले बालुवाटारको सरकारी टोली नै दुई गुटमा विभजित देखिएको बताए । सरकारी टोलीले अध्यक्षमा सुजन कडरिया, महासचिवमा दिपक धामी र उपाध्यक्षमा अञ्जना शिवाकोटीको लिस्ट सार्वजनिक गरेको छ । तर अर्का उपाध्यक्षमा भने नरेश रोकायाको टिमले विकास श्रेष्ठलाई बोकेको छ भने गोबिन्द गिरी र नारायण घर्तीको टिमले राजकुमार ढकाल बोकेका छन् । “सरकारी टोलीमा ब्यापक अन्तरघात हुन सक्ने आशंका” निर्वाचन मण्डलका एक सदस्यले गरेका छन् । फेसबुकमा सुजनको पोस्टर सेयर धेरै नेताले मत भने प्रकाशका लागि मागिरहेको उनको भनाइ छ ।

यता प्रतिनिधिहरूको स्वतस्फूर्त बनेको टिम भनेर अध्यक्षमा प्रकाश पौडेल उपाध्यक्षमा भरतसिंह धामी लिपुलेक, उपाध्यक्ष आरती भट्टराई, महासचिवमा आरके रोमश, उपमहाचिवमा कमल जोशी लगायतको नाम बोकेर हिँडेको देखिन्छ । पार्टीका पदाधिकारीदेखि केन्द्रीय सदस्य समेतका नेता केपी ओली र शंकर पोखरेलको उम्मेदवार सुजन कडरिया र विद्यादेवी भण्डारीसहित पार्टीका बहुमत पदाधिकारीको उम्मेदवार प्रकाश पौडेल भनेर प्रतिनिधिको बीचमा हल्ला चलाइएको छ । दुबै अध्यक्षका उम्मेदवारले सदस्य सम्मकै नाम राखेर यो हो प्यानल भनेर बनाउन सकेका छैनन् । उम्मेदवर धेरै हुँदा नतिजामा असर पर्न सक्ने भयले प्यानल बन्न कठिन भएको अनेरास्ववियुका एक पूर्व अध्यक्षले बताए ।

प्रकाशित मिति : 10:26