१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

असार १६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै तेह्रथुम पावर

२९ जेठ, काठमाडौं । तेह्रथुम पावर कम्पनीले आगामी असार १६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

 हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो। यसको अर्थ जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा कार्यालय तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : June 12, 2025 at 9:32 am