११ असार २०८२, बुधबार | Wed Jun 25 2025

होण्डाद्वारा ३–दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम

२८ जेठ, काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ग्राहक केन्द्रित सेवालाई प्राथमिकता दिँदै विशेष ३ दिने निःशुल्क सर्भिस क्याम्प आयोजना गरेको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर लगायतका सहरहरूलाई लक्षित गर्दै २०८२ जेठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा उक्त क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

क्याम्प अन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल कार्यक्रम अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ । साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्नुहुनेछ, जसअन्तर्गत लेबर चार्जमा १०%, पाट्र्समा ७%, ल्युब्रिकेन्टमा ५%, ए.सि. रिफिलमा २०% र डेन्ट–पेन्ट सेवामा १०% छुट प्रदान गरिनेछ। यसैगरी एचडीएस एसक्यान सेवा समेत निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई यस्ता सुविधायुक्त कार्यक्रममार्फत उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार १७:४१