शतप्रतिशत हकप्रद निष्काशन गर्न सगरमाथा जलविद्युतले बोर्डसँग माग्यो अनुमति
२६ जेठ, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले १ः१ अनुपातमा १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको कुल १ करोड १७ लाख ३२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : June 9, 2025 at 5:44 pm









