१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

बैंकिङ कसुर मुद्दामा नुवाकोटकी सानुमाया पक्राउ

२६ जेठ, काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउपालिका वडा नं. ३ स्थायी घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका वडा नं. २ वसन्त कोलोनी बस्ने ४० बर्षको सानुमाया लामा रहेको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तार्केश्वर वसन्त कोलोनीबाटै जेठ २५ गते पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी बृत्त गौशला पठाइएको छ ।

प्रकाशित मिति : June 9, 2025 at 10:11 am