२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

नेप्सेमा एक कम्पनीको ६ लाख १८ हजार कित्ता बोनस सेयर सूचीकृत

२५ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १.२४८९ प्रतिशत बोनस बापतकाे ६ लाख १८ हजार ५८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १.२४८९ बोनस सेयर गरी कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गरेको थियो । सोहीमध्येको १.२४८९ बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १६:३८