नेप्सेमा गिरावट, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
२५ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ को विन्दुमा कायम भएको हो ।
यस दिन ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब १३ करोड ७४ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।रिभर फल्स पावर र पियोर इनर्जीकाे सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेकाे छ । ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले यस दिन सर्वाधिक गुमाएका छन् । यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ।
प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १५:३१













