१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

जनता बैंकका सेयरधनीले ८.५० प्रतिशत नगद लाभांश पाउने

२९ पुस, काठमाडाैँ ।  जनता बैंकका सेयरधनीले ८.५० प्रतिशत नगद लाभांश पाउने भएका छन । आइतबार काठमाडौंको बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा सम्पन्न बैंकको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको सेयरधनीले ८.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ६८ करोड ६६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न बाटो खोलिदिएको हो । बैंकको निक्षेप संकलन ६८ अर्ब र कर्जा लागानी ६३ अर्ब रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ३२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ।

प्रकाशित मिति : २९ पुष २०७५, आईतवार १८:१७