१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

हकप्रद निष्कासनका लागि पिपुल्स पावरको बुक क्लोज मिति तय

२३ जेठ, काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयर खरिदका लागि  आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ः०.५ अनुपातमा प्रति सेयर रू. १०० दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित मिति : June 6, 2025 at 9:55 am