२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रतिपक्षीको अवरोधपछि संसद् बैठक भोलिसम्मलाई स्थगित

२२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले उठेर अवरोध गरे । प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरेका हुन् ।

प्रतिपक्षी दलहरूको अवरोधका कारण सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएकाे हाे ।

प्रकाशित मिति : 17:50