१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

ट्रम्पले १२ देशका नागरिकलाई लगाए अमेरिका प्रवेशमा प्रतिबन्ध

२२ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुभएको छ । बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले विभिन्न १२ वटा देशका नागरिकहरूलाई प्रवेश रोक लगाउनुभएको हो ।

प्रतिबन्ध लगाइएका देशहरुमा अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्। त्यस्तै अन्य ८ देशलाई पनि आंशिक प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।  बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाजस्ता देशका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसलु मा भिडियोमार्फत भनाइ सार्वजनिक गर्दै भन्नुभएको छ, ‘हामी हाम्रो देशलाई नोक्सानी पुर्‍याउन चाहनेहरूलाई प्रवेश अनुमति दिँदैनौं ।’ ट्रम्पले प्रतिबन्ध लगाइएका देशहरूको सूचीमा आगामी दिनमा थप संशोधन हुनसक्ने संकेत गर्नुभएको छ । यी प्रतिबन्धहरू आगामी जुन ९ देखि लागू हुने बताइएको छ।

प्रकाशित मिति : June 5, 2025 at 10:29 am