२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रतिनिधिसभा बैठक बिहीबारसम्मलाई स्थगित

२१ जेठ, काठमाडाैं । प्रतिनिधिसभा बैठकको बिहीबार बस्नेगरी स्थगित भएको छ। बिहीबार दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित भएको संघीय संसद सचिवालयले जनाएको छ।

यसअघि बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको थियो। तर बैठक बस्न नसकेपछि ३:१५ बजे बस्ने गरी स्थगित गरिएको थियो। उक्त समयमा पनि बस्न नसकेपछि बिहीबारका लागि स्थगित गरेको हो।

भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रतिपक्षी दलले संसद् अवरोध गराउँदै आएका छन् । सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेसँगै मङ्गलबार पनि बैठक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : 15:54